प्रहरी चौकी ईनर्वा र अस्थाइ प्रहरी चौकी ईनर्वाको प्रमुखहरूद्वारा तस्करी ,हुन्डी, लागुऔषध र गैरकानूनी कारोबारलाई नियन्त्रण , समाजमा शान्ति सुरक्षाको अनुभुती ।

समाचार

रसीद आलम।पर्सा ,बैशाख ४।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने बिरगंज महानगरपालिका वार्ड न.१६ प्रहरी चौकी ईनर्वा र अस्थाइ प्रहरी चौकी ईनर्वामा प्रमुख बनेर आएको क्रमशः वरिष्ठ प्रहरी नायब निरीक्षक बिनोद काफ्ले र असइ कृष्ण राईले तस्करी नियन्त्रण , हुन्डी, लागुऔषध जस्ता गैरकानुनी कारोबार पुर्ण रुपले नियन्त्रण गरेका छन् ।

ईनर्वा- भन्सार नाका नेपाल-भारत सीमामा रहेका मध्ये सबैभन्दा व्यस्त नाका हो। काफ्लेले उक्त चौकीको कमान्ड सम्हालेपछि नाकामा चेकजाँचमा कडाइ गरिएको कारण तस्करी शुन्यकरण भएको छ् ।
इनरवा चौकीले कडाइ गर्दा रक्सौल नाकाबाट हुने अबैध गतिविधिहरु अहिले नियन्त्रणमा रहेको एक स्थानीयले बताएका छन् ।

नाकाको सम्बन्धमा प्रहरी चौकी ईनर्वाको प्रमुख बिनोद काफ्लेसंग कुराकानी गर्दा “नेपाल-भारत सीमाबाट हुने गैरकानुनी गतिविधिहरु नियन्त्रण गर्न कुनै पनि सम्झौता नगरी काम गर्ने चौकीका प्रमुख काफ्लेले बताएका छन्।”
“‘नेपाल र भारतबीचको धेरै गतिविधि हुने यो नाका भएकाले पनि हामीले यहाँ गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरप्रयास गरेका छौं, अस्थाइ प्रहरी चौकी ईनर्वासंग समन्वय गरी तस्करी , हुन्डी, लागुऔषधलगायत अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरसम्भव प्रयास गरिरहेका छौं र नियन्त्रण पनि गरेका छौं।समाजिक सुरक्षा,समाजमा भएका कुरितिहरु तथा चोरी लगायत लाई प्राथमिकताका साथ नियन्त्रण गरि समाजमा शान्ति सुरक्षाको अनुभुती गराउने तर्फ पनि हामी लागी परेका छौं ।
यति मात्र नभई प्रहरी चौकी अगाडि रहेको शंकराचार्य गेटमा चेक जाँचका लागि खटिएका प्रहरी जवानहरूले गरेको गल्तीहरुलाई पनि माफ नगरी कार्वाही गर्ने बताएका छ्न।”

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *