रसीद आलम,बिरगंज ,८ चैत ।
पर्सा प्रहरीले एक करोड त्रिषठ्ठी लाख उन्नचालीस हजार आठ सय उन्नतीस रुपैया बराबरको अवैध सामानहरू सहित तिनवटा ट्रकहरू पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगञ्ज म.न.पा.वडा नं.१२ मुर्ली स्थित सडकखण्डबाट ना.४ ख ८७४०, ना.३ ख ६०९५ नम्बरको मालवाहक ट्रकहरूलाई चेकजाँच गर्दा विलविजक संकाष्पद देखिएको तथा विलविजक भन्दा बढीका खाद्यान्न तथा खुद्रा सामानहरू लोड रहेकोले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
वीरगञ्जबाट काठमाण्डौ र मोरङतर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको तथा सो ट्रकहरुमा रू.१ करोड ३१ लाख ७१ हजार ३ सय ९ बराबरको मालबस्तुहरु लोड रहेको पर्सा प्रहरीका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।
त्यस्तै ,वीरगञ्जबाट धनुषातर्फ जादै गरेको ट्रकलाई चेकजाँच गर्दा विलविजक संकाष्पद देखिएकोले पर्साको वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डबाट ना.८ ख ७२४१ नम्बरको मालवाहक ट्रकलाई पक्राउ गरिएको डिएसपी थापाले जनाए।
उक्त ट्रकमा ३१ लाख ६८हजार ५ सय २० रुपैयाँ बराबरको औषधी लगायतका मालबस्तुहरू लोड रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका ३ वटै मालवाहक ट्रकहरू लोड रहेको खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू लाई जम्मा रु.१ करोड ६३ लाख ३९ हजार ८ सय २९ बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले जानकारी दिए।