सभ्य एवं सुरक्षित रूपमा होली पर्व मनाउन पर्सा प्रहरीको अनुरोध।

समाचार

पर्सा , ८ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले यस वर्षको होली पर्व सभ्य एवं सुरक्षित रूपमा मनाउन अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो।

आत्मीय रूपमा नजिक भएका व्यक्ती वा आफन्तसँग मात्रै होली खेल्न प्रशासनको अनुरोध छ। ‘होली पर्वको नाममा मादक पदार्थको सेवन गरी उच्छृङ्खल क्रियाकलाप नगर्नू होला। असभ्य र अश्लील किसिमका होलिका गीतहरू नबजाउन र साँझ अबेरसम्म होली नखेल्न अनुरोध गरिन्छ,’ प्रहरीले जारी गरेको सूचनामा भनिएको छ।

प्रदूषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा साउन्ड सिस्टमको प्रयोग नगर्न आग्रह गरिएको छ। ‘कसैको इच्छा विपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहर पानी फाल्ने जस्ता काम गर्नु हुँदैन। महँगा गर गहना लगाई होली नखेल्न, ट्राफिक नियमको पर्ण रूपमा पालना गर्दै मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक, पैदल यात्री र बटुवा लाई होली खेल्न कुनै पनि प्रकारको करकाप नगर्न, गाँजा, भाङ वा कुनै किसिमको नशालु पदार्थ सेवन नगर्न, सार्वजनिक शान्ति, सुरक्षा व्यवस्थालाई असर पर्ने कुनै कार्य नगर्न पर्सा प्रहरीले आग्रह गरेको  छ।

पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी कुमार बिक्रम थापाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ: –
“शान्ति सुरक्षा हाम्रो सरोकार”
जिल्ला प्रहरी कार्यालय पर्साको हार्दिक अनुरोध
• होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाऔं ।
• आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरूसंग मात्र होली खेलौं ।
• होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगरौं,  अपरिचित मानिसहरूको समुहमा होली नखेलौं ।
• कसैको ईच्छा विपरीत रंग, लोला, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, नछ्यापौं ।
• महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं ।
• अपरिचित मानिसले दिएको कुनै पनि खानेकुरा नखाऔं ।
• ट्राफिक नियमको पुर्ण रूपले पालना गरौ, आफु बचौ र अरूलाई पनि बचाऔं ।
• मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं ।
• अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकहरूलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगरौं ।
• रेलिङ नभएको छत तथा सडकमा होली नखेलौं ।
• ध्वनी प्रदुषण हुने गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी चर्को आवाजमा डिजेको प्रयोग नगरौं ।
• भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा Snatching जस्ता घटना बढी हुने हुँदा सावधान रहौं ।
• कुनै पनि अपराधिक गतिबिधी हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हटलाईन नं. १०० वा नजिकको प्रहरी कार्यालयहरूमा फोन गरौं ।
• नियम विपरीत कार्य गर्ने व्यक्ति उपर कानून बमोजिम कारवाही समेत जानकारी गराउँदछौं ।
पर्सा प्रहरी सम्पर्क नं.;-
प्रहरी कन्ट्रोल-१००, ,९८५५०९०१३६, ट्राफिक कन्ट्रोल १०३

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *