चौमाला प्रहरी प्रमुखमाथि कुटपिट

समाचार

धनगढी, ८ चैत । कैलालीको चौमाला प्रहरीका प्रमुखमाथि कुटपिट भएको छ। बिहिवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत पर्ने इलाका प्रहरी कार्यालय, चौमालाका इन्चार्ज वरिष्ठ सइ नेत्रबहादुर कठायतमाथि कुटपिट भएको हो।

चोरीको स्कुटरको विषयमा स्थानीय युवा र प्रहरी बिचमा विवाद भएको थियो। चोरीको स्कुटर भगाएको भन्दै प्रहरी इन्चार्ज कठायतलाई स्थानीय युवाहरूको समूहले एक पसल अगाडी कुटपिट गरेका हुन्। तर, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले चोरीको स्कुटरको विषयमा सामान्य विवाद भएको बताएका छन्।

प्रहरीले चोरीको स्कुटर फेला पारेपनि भगाएको भन्दै स्थानीय युवाहरूले प्रहरीसँग झगडा गरेका हुन्। स्कुटरको अगाडि र पछाडिको नम्बर फरक हुँदा पनि महिला सवार चोरीको स्कुटर प्रहरीले छोडेको आरोप स्थानीय युवाहरूको छ। तर, प्रहरीले मान्छे नचिनेकाले घटना भएको जिकिर गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *