रौतहट ,१८ चैत ।
रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जना मानिसलाई पक्राउ गरेको छ।
चैत १६ गते जिल्ला बारा गा.बि.स.बछनपुर्वा वडा नं.६ जन्म स्थान घर भई हाल जिल्ला रौतहट फतुवाबिजयपुर न.पा.वडा नं.११ भैसही टोल बस्ने प्रमेश्वर हजराको छोरा बर्ष ६३ को दयालाल पैसवानले आफ्नो घरमा लागु औषध गाँजा लुकाई छिपाई राखेकोबिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी दुधिअवा रौतहटबाट खटिएको संयुक्त टोलीले छापामारी गरि घर भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा १७ किलो ५०० ग्राम बरामद गरेको छ।
सो लागु औषध गाँजा सहित दयालाल पैसवानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया रौतहटमा राखि लागु औषध सम्बन्धि कसूर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।