वीरगंजमा अबैध कल सेन्टर संचालन गर्ने दुई चिनिया पक्राउ

समाचार

बिरगञ्ज, १८ चैत । वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् ।

 

विशेष सूचनाकाे आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

 

कल सेन्टर संचालन गरेर अवैध काराेबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । साे घरबाट दर्जनाैं संख्यामा अवैध कम्प्युट लगायतका इलेक्ट्राँनिक्स सामानहरु समेत बरामद भएकाे वताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेकाे जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एपसपी) कुमाेध ढुंगेल नेतृत्वमा नै खटिएकाे प्रहरी टाेलीले साे घरमा छापामारी गरेकाे थियाे । प्रहरीका अनुसार चिनिया गिरोहले भाडामा घर लिएर कल सेन्टर संचालन गरेर अवैध रूपमा काराेबार गर्दै आएका थिए ।

 

प्राप्त जानकारी अनुसार नन्दु राउत कुर्मीकाे घरमा दुई महिना पहिला हेटाैंडाकी एक महिलाले घर भाडा लिएकी ‍थिइन । साेही घरमा चिनिया नागरिकले सञ्चालन गर्दै आएकाे अवैध धन्दाकाे गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकाहरुकाे नाम अहिले खुलाएकाे छैन् ।  पक्राउ परेका र बरामद सामानहरु बारे बिस्तृत रुपमा अनुसन्धान भइरहेको र पछी जानकारी गराइने पर्सा प्रहरी प्रवक्ता थापाले वताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *