रसीद आलम,बिरगंज ,२१ चैत ।
पर्सा प्रहरीले ५० लाख १२ हजार १ सय ८०रुपैयाँ बराबरको औषधी, कपडा तथा खुद्रा सामानहरू पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत १९ गते वीरगञ्ज म.न.पा.वडा नं.१२ पावर हाउस चोक स्थित सडकखण्डबाट ना.८ ख ३५४९ नम्बरको ट्रकबाट ४१ लाख ९३ हजार १० रुपैयाँ बराबरको कपडा तथा खुद्रा सामानहरू बरामद गरि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
त्यस्तै , वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डको बाटो हुँदै भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ८ लाख १९ हजार १ सय ७० रुपैया बराबरको कपडा, चिनी, सुर्ती तथा औषधीहरूलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए।
