साढे ५ लाख बराबरको विभिन्न अबैध समानसहित एक मोटरसाइकल सशस्त्र प्रहरी पर्साको नियन्त्रणमा ।

समाचार

बिरगंज ,२२ चैत ।

सश प्रहरी बल नेपाल न.१३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले रु.५ लाख ५१ हजार ४ सय ६८ बराबरको भन्सार छलिएका अबैध समान सहित एउटा मोटरसाइकल पक्राउ गरेको छ।

गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि बिभिन्न सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ४ लाख ८८ हजार ४ सय ६८ रुपैया बराबरको किराना सामान, लत्ता कपडा, काजु, हार्डवयर, खेलौना र कस्मेटिक आईटम भन्सार मेनगेटबाट पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

सशस्त्र प्रहरीको टोलिलाई देखी सामान सोहि स्थानमा छाडि ब्यक्तिहरु भागि गएको हुदाँ उक्त सामान बरामद गरि आवश्यक कार्वाहीको लागि  बिरगंज भन्सार कार्यालयमा बुझाईएको पर्सा सशस्त्र प्रहरीका सूचना अधिकारी डिएसपी सङ्गम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै ,डिएसपी सुरज रिजालकै कमाण्डमा खटिएको टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ना ५ प ८३५ नम्बरको हिरो होण्डा मोटरसाइकलमा राखी ल्याउदै गरेको रु. ३ हजार बराबरको ५० केजी चिनि बरामद गरेको छ। मोटरसाइकलको मुल्य रु.६० हजार गरी चिनिसहितको जम्मा मुल्य रु.६३ हजार बराबरको मुल्यांकन गरि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी श्रेष्ठले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *