पर्सा :तरकारीमा लागू औषध बरामद ।

समाचार

रसीद आलम,बिरगंज ,२२ चैत ।

पर्सा प्रहरीले तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषधसहित एक जना भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नं.२ बस्ने वर्ष २६ को राजकरण साह रहेको पर्सा प्रहरीले जनाएको छ।

चैत २१ गते  दिउसो १:०० बजेको समयमा वीरगञ्जको महानगरपालिका वडा नं.१५ फुलवारी टोल स्थित सडकखण्डमा बाराको बलीरामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बिआर ०५ एटि ७३२६ नम्बरको भारतीय मोटरसाइकलमा दुवैतर्फ तरकारीहरू संकाष्पदरूपमा लिइ आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध नुरफिन २०० पिस, डाइजेपाम २०० पिस र फेनारगन २०० पिस गरी जम्मा ६०० पिस फेला परेको हुँदा उल्लेखित लागु औषध, मोटरसाइकल र राजकरण साहलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी गराए।

साह विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *