बिरगंज ,रसीद आलम ,२२ चैत । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक( इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि १९ जना इन्सपेक्टरको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।
बढुवा हुनेमा प्रहरी निरीक्षकहरु निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल योगेन्द्र तिमिल्सिना (उपाध्याय) छन् । यस्तै, पुरुषोत्तम कार्की, हीरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुुर चन्द, राजन लामा र कमलकुमार खड्काको नाम डिएसपी बढुवाको लागि सिफारिस भएको छ।
बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन् । उनको अंक ९७. २१६० रहेको छ ।