पर्सा, २९ माघ ।
सशस्त्र प्रहरी बल, पर्सा बिओपी भिस्वाले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरिएको प्रतिबन्धित भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ।
अटो रिक्सा मार्फत २६२ किलो तथा १०५ पिस प्रतिबन्धित कुखुरा नेपालतर्फ ल्याइरहेको अवस्थामा सुराकीको आधारमा पक्राउ गरिएको हो। बरामद अटोको मूल्य ४ लाख रुपैयाँ रहेको छ भने कुखुराको मूल्य ७८ हजार ६ सय रुपैयाँ आँकलन गरिएको छ।
बरामद कुखुरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ भने अटो आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता नरेन्द्र सिंह धामीले जानकारी दिएका छन्।
