सुनसरीको दुई स्थानमा निषेधाज्ञा,स्थीति नियन्त्रण लिनका लागि सुनसरीमा प्रहरीले गर्‍यो दर्जनौं हवाइ फायर

समाचार

सुनसरी, २३ चैत सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा दुई पक्षबीच हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।

 

शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।

सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।

 

सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।

 

सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि  प्रहरीले हवाई फायर गरेको हो।

 

यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो ।

गाउँपालिका भवन क्षेत्रमा २ हजार देखि २५ सय हाराहारीमा मानिसहरू जम्मा भएका छन्।

 

हाल सो क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले झडपको स्थीति र सम्भावित दुर्घटनालाइ नियन्त्रण लिनका लागि थप जनशक्ति परिचालन गरिने जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *