पर्सा प्रहरीद्वारा चैत मसान्तसम्म लगभग ६ करोडको समान पक्राउ।

समाचार

युगलकिशोर श्रीवास्तव ,बिरगंज ,३० चैत ।

पर्सा प्रहरीले चैत महिनाभित्र रु.५ करोड ८७ लाख ३६ हजार सात सय उनान्सय बराबरको मालबस्तुहरू बरामद गरि आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ।

राजस्व अभिबृद्धी तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न जिल्ला प्रहरी  कार्यालय पर्सा तथा मातहत समेतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरी टोलिले  २०८०।१२।०१ गते देखि २०८०/१२/३० गते सम्म रु.१ करोड २३ लाख ४६ हजार ४ सय ९१ बराबरको लत्ताकपडाहरू,१ करोड १० लाख ८७ हजार ७ सय १० बराबरको सवारी साधन तथा पार्टपुर्जा, २ करोड १० लाख ७८ हजार ६ सय ८१ रुपैयाँ बराबरको विधुतीय सामाग्रीहरू तथा रु.१ करोड ४२ लाख २३ हजार ९ सय १७ बराबरको किराना तथा खाद्यान्न मालबस्तुहरू बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले प्रेस बिज्ञयप्ती मार्फत जनाएका छन् ।

पक्राउ गरिका मालबस्तुहरूलाई आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान पथलैया बारा र वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको जानकारी समेत डिएसपी थापाले गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *