पर्साको छिपहरमाईमा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

समाचार

बैसाख ९ वीरगंज ।पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा शनिबार दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो ।

प्रहरी,स्थानिय र बिरगंज महानगरपालिकाको दमकल,पोखरीया नगरपालिकाको दमकल,बिपद ब्यवस्थपन गुल्मको दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

आगलागीबाट भएको क्षति विवरण :- स्थानीयहरुको घर र समानहरु जली क्षेती भएको विवरण जिल्ला प्रहरी कार्यालय पर्साले सूचना जारी गरि जानकारी गराएको छ।
छिपहरमाई गा.पा.१ भलमहिया बस्ने बर्ष ४६ को किसुनदेब हजराको फुसको घर,गँहु २० क्बिन्टल,लत्ताकपडा,भाडाबर्तन गरी जम्मा मुल्या रु.२ लाख ८० हजार बरावरको क्षेती भएको ।

सोही बस्ने बर्ष ४० को चेतमन राउत अहिरको ६ कठ्ठामा रहेको गँहु रु.३२ हजार।

बर्ष ३९ को राजु यादबको ३३ कठ्ठामा रहेको गँहु,पराल गरी रु.१ लाख।

बर्ष ४० को उपेन्द्र यादबको ८ कठ्ठामा रहेको गँहु रु.४२ हजार।

बर्ष ५५ को हाकिम यादबको ८ कठ्ठामा रहेको गँहु रु.४२ हजार।

बर्ष ४५ को ताराचन्द साह तेलिको ३०कठ्ठामा रहेको गँहु र पराल गरी रु.१ लाख २० हजार ।

बर्ष ५४ को भिखरी राउत अहिरको पराल रु.३० हजार।

बर्ष ४५ को मलबोद यादबले संचालन गरेको ओम पाथिभारा पशुपक्षी फर्म जली नष्ट भएको र उक्त फर्म रहेको २५ क्बिन्टल दाना,कुखुरा-३५ वटा र फुसको घर गरी रु.४ लाख बराबरको।

बर्ष ५५ को बिरेन्द्र यादबको फुसको गोठ ,गँहु-१० क्बिन्टल,भुस  गरी ८० हजार।

बर्ष ४० को साहेब राउत अहिरको पराल रु.२० हजार ।

बर्ष ३५ को जुगुल यादबको पराल २० हजार।

बर्ष ६० को बिश्वनाथ यादबको पराल रु.८ हजार।

बर्ष २२ को मुनिल यादबको १० कठामा रहेको गँहु रु.५० हजार।

बर्ष ६० को अर्जुन यादबको १० कठामा रहेको गँहु रु.५० हजार।

बर्ष ५० को किशुनदेब यादबको ३ कठ्ठाको गँहु रु.२० हजार ।जम्मा गरि सो आगलागीबाट १२ लाख ८४  हजार बराबरको क्षति भएको पर्सा प्रहरीले जनाएको छ।

 

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *