नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध

राजनीति समाचार

काठमाडौं, २९ वैशाख । कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध भएको छ। शुक्रबारबाट सुरु भएकाे बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन्।

सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै नाराबाजीमा उत्रिएका हुन्। त्यसपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *