पर्सा प्रहरीद्वारा वेवारिसे गोली बरामद ।

समाचार

रसीद आलम, बिरगंज ,२८ जेठ ।
नाली सफा गर्ने क्रममा फोहोरमा वेवारिसे गोली फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहानै ०८:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० स्थित वीरगञ्ज महानगरपालिकाको JCB को सहयोगमा नाली सफा गर्ने क्रममा फोहोरमा संकास्पद रूपमा प्लाष्टिकको झोला फेला परेको र सो झोला प्रहरी चौकी आदर्शनगरले खोली हेर्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने गोली फेला परेको हुदाँ उक्त गोली बरामद गरी थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले जनाएका छन् ।

बरामद गरेका गोलिहरु मध्ये हर्नेटको गोली – १७ राउण्ड,SLR-४ राउण्ड,9MM – ३२ राउण्ड,३८ बोरको-२४ राउण्ड,45MM-४ राउण्ड,Federal-८ राउण्ड,Winchester-५ राउण्ड,7.65*54mm-३ राउण्ड,7mm -१ राउण्ड र बिग्रेको खोका-४ राउण्ड गरी जम्मा १०२ राउण्ड फेला परेको प्रहरीले जनाएको छ् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *