बिरगंजमा शिवम स्टिलको गोदाममा सशस्त्र प्रहरीको छापा,लाखौं मुल्य बराबरको कपडा बरामद ।

समाचार

रसीद आलम ,बिरगंज ,२३ जेठ ।

सशस्त्र प्रहरी बल पर्साले १४ लाख ६९ हजार ६ सय ५० रुपैयाँ  बराबरको भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलिले बिरगंजमा रहेको शिवम स्टिल प्रा.ली.को गोदाममा छापामारी गरेको छ ।

बिषेश सुचनाको आधारमा गुल्म र बिरगंज भन्सार कार्यालयको संयुक्त टोलिले शिवम स्टिल प्रा.ली.को गोदाममा अबैध रुपमा भण्डारण गरी राखेको मुल्य रु.७ लाख ५९ हजार ६ सय ५० बराबरको कपडा, ल्यापटप तथा अन्य सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

त्यस्तै ,बिरगंज गुल्मका डिएसपी रिजालकै कमान्डमा सशस्त्र प्रहरीका टोलीले बिरगंज भन्सार ईलाकाबाट भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ४ लाख बराबरको कपडा बरामद गरेको छ।

बिरगंज महानगरपालिका-२५ सिर्सिया ईलाकाबाट ना ५३ प ९३६३  नम्बरको मोटरसाइकलमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको मूल्य रु.३ लाख १० हजार बराबरको थानको कपडा र मोटरसाइकल सशस्त्र प्रहरी बल पर्साले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *