प्रहरी चौकी ईनर्वाद्वारा रक्तदान कार्यक्रम सम्पन्न,१३१ जनाले रक्तदान गरे।

समाचार

रसीद आलम ,बिरगंज ,२६ जेठ ।

प्रहरी चौकी ईनर्वाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाले जेठ २६ गते शनिबारका दिन बिहान ७ बजे देखि रक्तदान कार्यक्रम गरेको चौकी ईन्चार्ज प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहले जनाएका छन् ।

बिरगंज महानगरपालिका -१६ शन्कार्चाय गेट अगाडि सम्पन्न भएको रक्तदान कार्यक्रममा २ महिला सहित १३१ जनाले रक्तदान गरेका छन्।

रक्तदान सफल पार्न स्थानीय बुद्धिजीवी,जनप्रतिनिधि तथा युवाहरूको उल्लेखनीय सहभागिता र सहयोग रहेको प्रहरी नायब निरीक्षक सिंहले बताए।सहयोगी हातहरुलाई विशेष धन्यवाद दिदै आउने दिनहरुमा यस्तै सहयोगको अपेक्षा गरेको सिंहले बताएका छन् ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटी ,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ईन्सपेकटर भाष्कर खतिवडा ,बिरगंज महानगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष महम्द रेयाज आलम,वार्ड नम्बर १९ का वडा अध्यक्ष प्रशुराम चौरसिया, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई ,बिरगंज बल्ड बैंकका वरिष्ठ प्राबिधिक दिलमाया घिमिरे लगायतको उल्लेखनीय सहयोग रहेको प्रहरी चौकी ईनर्वाले जनाएको छ।

कार्यक्रमको अध्यक्षता पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले गरेका थिए।बल्ड बैंकमा रगतको अभावका कारण बिरामीहरु मारमा परेकाले रक्तदान गर्नु आवश्यक देखिएको एसपी कुमोध ढुंगेलले बताए।”रक्तदान गर्नु जिवनदान गर्नु हो” त्यसैले भब्य रूपमा रगत दिई रक्तदान कार्यक्रमलाई सफल पार्न सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिदै अगामी दिनहरुमा पनि पर्सा प्रहरीले यस्ता मानवीय सेवा समर्पित कार्यहरू गर्दै जाने प्रतिबद्धता एसपी ढुंगेलले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *