रसीद आलम ,बिरगंज ,२७ जेठ ।
सशस्त्र प्रहरी पर्साले मारुति सुजुकीको डिकीमा राखिएको रजनिगन्धाको खोलबाट प्रतिबन्धित पाँच सय दरको भारतिय नोट १ लाख ५० हजार ५ सय सहित एक जनालाई पक्राउ गरेको छ।
जेठ २६ गते बेलुका ३ बजेको समयमा बिरगंज महानगरपालिका -१६ भन्सार मेनगेट चेकप्वाईन्टमा भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेको बिआर ३८ क्यु ४५७२ नम्बरको भारतीय मारुति सुजुकी कारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सुरज रिजालको कमाण्डमा खटीएको टोलिले चेकजाँचको क्रममा उक्त भारतीय नम्बरको मारुति सुजुकीको डिकीमा रजनिगन्धाको खोलभित्र लुकाई छिपाई राखिएको श्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैया पाँच सय दरको नोट ३०१ थान फेला परेको हुँदा मारुति सुजुकी सहित भारत बिहार बस्ने बर्ष २९ को मिथलेस कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
नियन्त्रणमा लिएको मारुति सुजुकीलाई १० लाख ५० हजारको मुल्यांकन गरि ब्यक्ति र प्रतिबन्धित नोटलाई आवश्यक कार्वाहिको लागी बिरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले जनाए।
