बिर्ता प्रहरीद्वारा ३ हजार लिटर अबैध घरेलु मदिरा बरामद ।( भिडियो सहित )

समाचार

बिरगंज ,७ असार।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताले चेकजाँचको क्रममा ठुलो मात्रामा अबैध घरेलु मदिरा बरामद गरेको छ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका टोलिले बिरगंजको रेल्वे सडक खण्डमा ट्रकमा लोड रहेको अवस्थामा ३ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सो अबैध मदिरालाई नष्ट गरिएको वडा प्रहरी कार्यालय बिर्ताले जानकारी गराएको छ।लाखौं मुल्य बराबरको मदिरा रहेको अनुमान गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *