सशस्त्र प्रहरी बल नेपाल बाराद्वारा स्रोत नखुलेको १५ लाख सहीत एक जना व्यक्ति पक्राउ।

समाचार

रसीद आलम, बारा,३० जेठ ।

सशस्त्र प्रहरी बल नेपाल बाराद्वारा स्रोत नखुलेको १५ लाख सहीत एक जना व्यक्तिलाई मंगलवार पक्राउ गरेको जनाएको छ।

जिल्ला बारा विश्रामपुर गा.पा.-१ खेखरिया नाकामा सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेक्वा बारा मातहत विओपी बरैनियाको टोलीले विषेश सुचनाको आधारमा चेकजांच गर्दा नेपाल तर्फ आउदै गरेको BR05Y2624 नम्बरको भारतिय मोटरसाइकलमा सवार  भारतिय नागरिक जिल्ला  पुर्वि चम्पारण, ग्राम पञ्चायत राज श्यामपुर-२   बर्ष ६५ को राम निवास प्रसाद यादवको साथबाट श्रोत नखुलेको नेपाली रुपैया  रु.१५,००,०००।– (पन्द्रह लाख)  फेला परेको हुँदा निज ब्यक्ति, मोटरसाइकल  र नगद सहित नियन्त्रणमा लिईएको  सशस्त्र प्रहरी बल नेपाल बाराले जानकारी गराएको छ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेशका प्रमुख डिआईजी दिपेन्द्र शाहले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *