रसीद आलम, बिरगंज ,३० जेठ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रंगपुरटाडीको सन्युक्त कमान्डमा भारी मात्रामा अबैध लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका अनुसार मंगलवार राति ३:०० बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा. वडा न. ५ स्थित डेउरी र सुगौली बिचको खाली खेतमा लागू औषध गाँजा बोकी आईरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी निरीक्षक रामराजा केशरी तथा प्रहरी चौकी रंगपुरटाँडीको प्र.स.नि.मोह नारायण रायको सन्युक्त कमाण्डमा खटिएको प्रहरी टोलीलाई देखि भतौरबाट डेउरी तर्फ पैदल आउदै गरेको ३/४ जना मानिसहरुले पहेलो बोराको पोका दुई वटा टाउकोमा बोकी जाँदैगरेको अबस्थामा प्रहरी टोलीलाई देखी उक्त बोराको पोका फाली मानिस फरार भएको सोही पहेलो बोरा भित्र प्लाष्टिकको काटुन टेपले बेरेको गाँजाको धुलो जस्तो देखिने पदार्थ ३ वाट ठुलो पोका ( १२ के.जी. २३० ग्राम) र चरेस जस्तो देखिने पदार्थ ५ वाट साना पोका (२ के.जी. ५५० ग्राम) र दोस्रो बोरा भित्र प्लाष्टिकको काटुन टेपले बेरेको चरेस जस्तो देखिने पदार्थको १७ वाटा पोका ( १७ के.जी. ५३० ग्राम) रहेकोले जम्मा गाँजा १२ के.जी. २३० ग्राम र चरेस २० के. जि.०८ ग्राम उक्त परिमाणको अबैध लागु औषध बरामद गरेको तथा फरार रहेको मानिसहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी निरीक्षक रामराजा केशरीले जनाएका छन् ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
