बिरगंज-१६ नगवाका पप्पु सिंह लगायत क्यासिनोबाट चारजना पर्सा प्रहरीको नियन्त्रणमा ।

समाचार

बिरगंज ,७ चैत ।

पर्सा प्रहरीले भिस्वा होटलको क्यासिनोबाट ४ जनालाई पक्राउ गरेको छ।

पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित  भिष्वा होटलको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनाधिकृत रूपमा प्रवेश गराइ जुवा खेलाउदै गरेको विशेष सूचनाको अधारमा मंगलवार साझ ६:३०बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले होटल भिस्वाको क्यासिनोमा चेकजाँचका लागी प्रवेश गर्न खोज्दा प्रहरी टोलीसंग वादविवाद तथा प्रहरी कारवाहीमा वाधा अवरोध गरेको हुँदा ४ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी गराए।

पोखरा महानगरपालिका वडा नं.१५ बस्ने वर्ष ३२ को क्यासिनोका सेक्युरिटी गार्ड प्रताप लामा, सर्लाही बरहथवा नगरपालिका वडा नं.११ बस्ने वर्ष ३४ को क्यासिनो सिएमजी क्लबका बजार प्रबन्धक उमेश कार्की, वीरगञ्जमहानगरपालिका वडा नं.१६ नगवा बस्ने वर्ष ३४ को सिएमजी क्लबका फ्लास मनिटर पप्पु सिंह र बिरगंज वडा नं.८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए।

सो सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *