रसीद आलम ,बिरगंज ,८ असार।
पर्सा प्रहरीले स्मार्ट कन्ट्रोलरूम स्थापना गरेको छ।जसको उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गरेका छन् ।
असार ७ गते शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले शुभारम्भ गरेका स्मार्ट कन्ट्रोलरूमबाट जिल्लाका नागरिकहरूले तिव्र रूपमा प्रहरी सेवा प्राप्त गर्न सक्नेछन् । विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी यो कन्ट्रोल रूमले प्रहरीको कार्यक्षमता वृद्धि गर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने आशा गरिएको छ।
कुनै पनि घटना गतिविधीहरूलाई छिटो छरितो सम्बोधन गरी अपराध रोकथाम, नियन्त्रणका साथै शान्ति सुव्यवस्थाको अवस्थालाई प्रभावकारी बनाउने उदेश्यले डिजिटल स्मार्ट कन्ट्रोलरूमको स्थापना गरिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले बताए।
१०० नम्बरमा डायल गरि यो सुबिधा लिन सकिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।१०० मा डायल गरि आफ्ना सूचनाहरु दिने सकिने छ, सूचनाहरुमा पुर्ण रुपले गोपनियता रहने तत्काल सो सूचनाको आधारमा प्रहरी परिचालन गरि अपराध नियन्त्रण गर्ने ,अपराध रोकथाम, नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम राख्ने एसपी ढुंगेलले बिश्वास व्यक्त गरे।
अपराध नियन्त्रण विशेषज्ञले चिनिने एसपी ढुंगेलको कमान्डमा यो डिजिटल स्मार्ट कन्ट्रोलरूम रहने भएकाले जिल्लामा अपराध रोकथाम, नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम रहने बिश्वास स्थानीयहरुको छ।
