बिरगंज ,८ असार।
पर्सा प्रहरीले १० लाख बराबरको भारतीय मल पक्राउ गरेको छ।
तस्करहरुले भारतीय मल भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको विशेष सूचनाको आधारमा छापामारी गरि मल बरामद गरिएको प्रहरीले जनाएको छ।
असार ६ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले खोज तलास गर्दै जाने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बैष्णोदेवी मन्दिर अगाडी बृज किशोर महतोको घरमा कोठा भाडामा लिइ अनाधिकृतरूपमा भण्डारण गरी राखिएकोमा ७१२ बोरा ( प्रति बोरा ५० के.जी.का दरले )भारतीय मल पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाएका छन् ।
कोठा भाडामा लिइ गोदाममा भारतबाट भन्सार छली चोरी पैठारी गरी भारतीय मल भणडारन गरि राखेको आरोपमा जिल्ला नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ६२ को ज्ञान बहादुर महतोलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
