छापामारी गरि सशस्त्रले बरामद गरियो लाखौं मुल्य बराबरको रजनिगन्धा।

समाचार

रसीद आलम ,बिरगंज ,१४ असार।

सशस्त्र प्रहरी पर्साले भन्सार छलीका रजनिगन्धा बरामद गरेको छ ।

असार १२ गते पर्साको बिरगंज महानगरपालिका-६  गहवामा रहेको निखिल किराना स्टोरको गोदाममा भण्डारण गरि राखेको मूल्य रु.१ लाख ४ हजार ३ सय २० बराबरको रजनिगन्धा सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ।

प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज र बिरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले अबैध रुपमा भन्सार छलि गोदाममा भण्डारण गरि राखेको रजनिगन्धा बरामद गरेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *