मोटरसाइकलको कार्वोरेटरभित्र लुकाई राखिएको स्रोत नखुलेको रकमसहित एक जना भारतीय पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,१५ असार।

पर्सा प्रहरीले हुण्डी कारोबारमा सलंग्न एक जना भारतीय ब्यक्ति लाई  पक्राउ गरेको छ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसियानी स्थित सडकखण्डमा म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटरसाइकल मा सवार भारत बिहार पश्चिमी चम्पारण जिल्ला वेतीया ग्राम ईनरूवा बजार बस्ने बर्ष ३२ को सिताराम प्रसाद कुशवाहालाई स्रोत नखुलेको नेपाली रु.पाँच लाख पचास हजारसहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले असार १३ गते दिउँसो १:३० बजेको समयमा मोटरसाइकल रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा कुशवाहाले चलाइ ल्याएको मोटरसाइकलको दाहिने कार्वोरेटरभित्र लुकाई छिपाई राखिएको स्रोत नखुलेको नेपाली रु.१००० दरको नोट ५०० थानको रु.५ लाख र रु.५०० दरको नोट १०० थानको  रु.५० हजार गरी जम्मा रु ५ लाख ५० पचास हजार फेला परेको हुँदा निज सिताराम प्रसाद कुशवाहालाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाएका छन् ।

निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी भारतीले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *