बिरगंज गुल्मका डिएसपी रिजाल एक्सनमा,भन्सार प्रज्ञापन पत्रको म्याद नाघेको २५ लाखको भारतिय स्कार्पियो नियन्त्रणमा।

समाचार

रसीद आलम,बिरगंज ,२३ असार।

सशस्त्र प्रहरी नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सिमानाकाबाट हुने तस्करीलाई पुर्ण रुपले नियन्त्रण गर्न निर्देशन दिएका सर्वबित्तितै छ।

उनको यो निर्देशनका पुर्ण रुपले सशस्त्र प्रहरी बल नेपाल पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले पालना गरेको तस्करी नियन्त्रण तथ्यांकबाट प्रमाणित हुन्छ ।

प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले गत चैत ७ देखी असार २३ सम्म साढे तीन महिनामा ८ करोड भन्दा बढीका भन्सार छलीका समान नियन्त्रणमा लिई इतिहास नै कायम गरेको छ।

यो समयावधिमा बिरगंज गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल रहेका छन् ।उनको कमान्डमा सशस्त्र प्रहरीले ८ करोड भन्दा बढीका भन्सार छलीका समान पक्राउ गरेको गुल्मले जनाएको छ।डिएसपी रिजालको यो कार्यले उनी एक्सनमा रहेको स्थानीयले बताएका छन् ।

एक्सनलाई जारी राख्दै डिएसपी रिजालले आइतबार २५ लाखको भारतिय स्कार्पियो नियन्त्रणमा लिएका छन् ।

उनको कमान्डमा गुल्मबाट खटीएको टोलिले बिरगंज १६ भन्सार मेनगेट स्थित चेकप्वाईन्टको ५० मिटर उत्तर स्थित सडकमा पार्किङ्ग गरि राखेको बिआर ०१ पिए ७१६२ नम्बरको भारतिय स्कर्पीयो गाडिलाई चेकजाँच गर्दा गाडिभित्र मिति २०८१।०२।२१ गते सम्मको मात्र प्रज्ञापन पत्र रहेको पाईएकले उक्त भारतिय स्कर्पीयो गाडिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

त्यस्तै ,भारतबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनमा राखि बिरगंजतर्फ लैजादै गरेको मुल्य रु. ४७ हजार  ६ सय ३० बराबरको किराना सामानहरु पक्राउ गरेको  र नेपालबाट भन्सार छलि भारत तर्फ लैजादै गरेको मुल्य रु. १४ हजार ८ सय ५० बराबरको कस्तुरी र एम्बिशन मदिरा नियनन्त्रणमा लिई भन्सार दाखिला गरेको डिएसपी सिंहले बताए।

डिएसपी रिजालको कमान्डमा लागुऔषध सहित ब्यक्ति पक्राउ:-

बिरगंज गुल्मबाट खटिएको सशस्त्र टोलिले भन्सार मेनगेटमा रक्सौलबाट बिरगंजतर्फ आउदै गरेको बिरगंज -२ छपकैया बस्ने सुर्य सिंह क्षेत्रीको छोरा बर्ष १७ को कुशल सिंह क्षेत्रीलाई डिएसपी सुरज रिजालको कमान्डमा चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषध ट्रामानिल ५० एमजी को ३०२ पता प्रती पता १०ट्याबलेट्का दरले ३०२० ट्याब्लेट फेला परेको हुँदा निज व्यक्तिलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिकको लागि प्रहरी चौकी ईनर्वामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

डिएसपी रिजालले बिरगंज गुल्ममा आफ्नो कार्यकाल भित्र १५ करोड सम्मको अबैध मालसामान बरामद गरि राजस्व उठाउने लक्ष्य लिएको सशस्त्रका एक अधिकारीले बताए।

अधिकारीका अनुसार रिजालको यो कार्यको चर्चा मुख्यालय सम्म रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *