रसीद आलम,बिरगंज ,२५ असार।
पर्सा प्रहरीले जिल्लामा तस्करी नियन्त्रणमा अहिले ईतिहास नै कायम गरिरहेको छ।प्रहरी उपरीक्षक कुमोध ढुंगेलको कमान्डमा साढे ४ महिनाको समयावधिमा पर्सा प्रहरीले करिब २३ करोड भन्दा बढीका भन्सार छलिका विभिन्न अबैध समानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ।
एसपी ढुंगेलको आगमन गत फागुन ९ मा पर्सा जिल्लामा भएको थियो।खुल्ला सिमानाका भएकाले अपराध तथा तस्करी नियन्त्रण गर्न ठुलो चुनौती नै थियो।तर चुनौतीलाई स्वीकार गर्दै एसपी ढुंगेल पर्सामा आए।एसपी ढुंगेलको कार्य गर्ने शैली र नामको चर्चा धेरै थियो।उनलाई अपराध नियन्त्रण विशेषज्ञ र एनकाउन्टर स्पेसलिस्ट पनि भन्ने चर्चा व्यापक थियोे ।वास्तवमा जानकार बताउँछन् उनी अपराधीहरुको विरुद्धमा कडा एक्सन लिने एउटा सक्षम अधिकृत नै हुन् ।उनको यो चर्चाले आगमन हुन साथ जिल्लाबाट कतिपय अपराधी अपराधको बाटोबाट सन्यास लिए त कतिपयले पलायन गरे त कतिपयले अन्डरगराउन्ड भएको जानकार बताउँछन् ,जिल्लामा शान्तिसुरक्षाको ब्यवस्था उत्तम रहेको स्थानीयले बताउँछन्।
तर तस्करहरु अटेरी गरे।खुल्ला सिमानाकाको गलत लाभ लिदै तस्करहरुले चोर बाटोबाट तस्करी गर्न प्रयास गरे तर पर्सा प्रहरीले भारी मात्रामा तस्करीका मालसामान बरामद गर्दै तस्करीको संजाल तोडेको छ।
जिल्लाको अवस्था ,स्थिति -परिस्थितिलाई सुक्ष्म अध्ययनपछि प्रहरी उपरीक्षक ढुंगेलले आफ्नो सक्षम तथा बिश्वासिलो टिम बनाई तस्करी नियन्त्रण अभियान नै सन्चालन गरे।जसको परिणामस्वरूप पर्सा प्रहरीले फागुन ९ गते देखी अहिलेसम्म २३ करोड ३१ लाख ५० हजार १ सय ४६ बराबरको राजस्व छलिका अबैध मालसामान पक्राउ गरिएकाले तस्करहरु निरुत्साहित भएर तुलनात्मक रूपमा तस्करी न्यून भएको जानकारहरुले बताएका छन।

गत फागुन ९ गते देखि हालसम्म प्रहरीले २३ करोड ३१ लाख ५० हजार १सय ४६ बराबरको तस्करीका विभिन्न मालसामान,३७ हजार गोटा प्रतिबन्धित भारतीय कुखुराको चल्ला,१६ हजार १० लिटर घरेलु मदिरा तथा ४४ वटा नदिजन्य गिटी बालुवा अबैध तरिकाले उत्खनन गरि लोड गरेको ट्याक्टरहरु पक्राउ गरि आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाएको पर्सा प्रहरीले जनाएको छ।
त्यस्तै,वेश्यवृतिमा सङ्गलन ४७ जना महिला तथा पुरुषलाई नियन्त्रणमा लिई मुद्दा चलाईएको तथा ७६३ जना विभिन्न जघन्य तथा पुरानो मुद्दामा कसुरदारहरुलाई पक्राउ गरि पर्सा जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ।
हातहतियार तथा खरखाजाना तर्फ २ नाल सानो हातहतियार सहित ३ जनालाई पक्राउ गरि मुद्दा चलाईएको एसपी ढुंगेलले जानकारी दिए।
यो साढे ४ महिनाको अवधिमा एसपी ढुंगेलको नेतृत्वमा पर्सा प्रहरीले हुण्डीको कारोबारलाई ध्वस्त गर्दै ५७ लाख ७४ हजार ७ सय नेपाली रुपैयाँ सहित १० जनालाई पक्राउ गरि आवश्यक कार्वाही गरेको छ।लागू औषध तर्फ १४६ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाईएको पर्सा प्रहरीले जनाएको छ।

तस्करी तथा तस्करसंग सम्झौता गर्ने तथा साठगाठ राखेको प्रमाणित भएमा आफ्ना कर्मचारीलाई कानुनी दायरामा ल्याई कडा कार्वाही गर्ने प्रतिबद्धता पर्सा प्रहरी उपरीक्षक ढुंगेलले जनाएका छन् ।
