सशस्त्र प्रहरी सुरक्षा वेश पोखरियाद्वारा भारी मात्रामा चरेससहित एक भारतीय नागरिक पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,१२ साउन ।

मोटरसाइकलको ट्यान्किमा फल्स बट्न बनाई लुकाई छिपाई भारततर्फ लगिरहेको अवस्थामा १२ केजी लागू औषध चरेस सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी पर्सा सुरक्षा वेश पोखरियाले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्सा मातहत सुरक्षा वेश पोखरियाका सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीको कमाण्डमा खटिएको टोलिले नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा बिआर २२एबि १२९२ नम्बरको भारतीय अपाची मोटरसाइकलमा सवार भारत बिहारको पश्चिम चम्पारण विसनपुर भटेरवा बस्ने बर्ष १८ को कुन्जन कुमार महतोलाई १२ केजी लागु औषध चरेससहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा शनिबार दिउँसो ४ बजेको समयमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवामा चेकजाँचको क्रममा मोटरसाइकलको डिक्की तथा ट्यान्किमा राखि लुकाई छुपाई ल्याएको चरेस सहित निज महतो र मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियालाई बुझाईएको सशस्त्र प्रहरी पर्साले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *