नागरिकता काण्डमा निरन्जन अग्रवाल पक्राउ ,तीनदिन थुनामा राख्न अदालतको आदेश।

समाचार

बिरगंज ,१८ साउन ।

जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो सफलता हासिल गरेको छ।झुठो विवरण पेश गरि नेपाली नागरिकता लिएका निरन्जन कुमार अग्रवाललाई पक्राउ गरेको छ।प्रहरीले नागरिकता सम्बन्धित दर्ता मुद्दामा बुधबार दिउँसो अग्रवाललाई पक्राउ गरेको हो।

बिरगंज महानगरपालिका-१३ मा बस्दै आईरहेको अग्रवाललाई पर्सा प्रहरीले बिरगंजको आदर्शनगरबाट नियन्त्रणमा लिएको जनाएको छ।दोहरो नागरिकता लिएको आरोपमा पक्राउ परेका निरञ्जन अग्रवाललाई तीनदिन थुनामा राख्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ ।

विवरण ढाँटी नेपाली नागरिकता लिएको अरोपमा पर्सा प्रहरीले बुधबार पक्राउ गरेको अग्रवाललाई थुनामा राखेर अनुसन्धान अगाडि बढाउन अदालतले आदेश दिए लगत्तै पर्सा प्रहरीले अनुसन्धानको दायरा बढाएको छ।

किर्ते प्रमाणको आधारमा २०६३ सालमा नागरिकता लिएका अग्रवालविरुद्ध सरकारी न्यायधिवक्ताको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएको थियो । सोही उजुरीको आधारमा बुधबार पर्सा प्रहरीले अग्रवाललाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन बिहिबार पर्सा जिल्ला अदालतमा पेश गरेको थियो ।

पर्सा प्रहरीले सरकारी न्यायधिवक्ताको कार्यालय मार्फत उनी विरुद्ध थप अनुसन्धान गर्न जिल्ला अदालत समक्ष म्याद थपको लागि अपिल गरेपछि अदालतले तीन दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

‘जिल्ला अदालतले अग्रवाललाई तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ, अग्रवालले लिएको दोहरो नागरिकता सम्बन्धी अनुसन्धान तिब्र गतिमा अगाडि बढाइने छ ।’ पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताए ।

वीरगञ्जका नरेश ठाकुर हजामले निरञ्जन कुमार अग्रवालल किर्ते गरी झुठो प्रमाणको आधारमा नेपाली नागरिकता लिएको आरोप लगाउँदै उजुरी दर्ता गराएका थिए । सरकारी वकिल कार्यालय मार्फत पर्सा प्रहरीमा दर्ता गराइएको उजुरीमा अग्रवालले नागरिकता लिएको विवरण तथा त्यस अगाडि उनले नारायणी यातायात कार्यालयबाट लिएको सवारी चालक अनुमति पत्र फरक रहेको उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको अभिलेखमा भने निरन्जन कुमार अग्रवालको नागरिकता २०६३/११/१३ गते जारी भएको उल्लेख भए पनि उनी भारतको राजस्थान सरदार सहर ( चुल ) मा जन्मिएका अरोप रहेको छ । वीरगंजको प्रतिष्ठित किराना व्यापारी स्व.अजय अग्रवालकको आदर्श किरानामा काम गर्न नेपाल भित्रेका अग्रवालले किर्ते प्रमाण खडा गरेर नेपाली नागरिकता लिएको आरोप छ।

राजस्थानको सरदार सहर उपखण्ड प्रशासनको (मजिस्ट्रेट) कार्यालयले उनको मुल बसोवासको बिषय प्रमाणीत गरेको प्रमाण समेत पेश गरिएको छ । २०५१ साउन ५ गते यातायात ब्यवस्था कार्यालय बीरगंजबाट लिएको सवारी चालक अनुमती पत्रको नागरिकता नम्बरको खण्डमा (भारतीय) उल्लेख प्रमाणले देखाएको छ ।भारतको राजस्थान चुरु जिल्लाको सरदासशहरका मूल निवासी दाबी गरिएको निरन्जनमाथि अपराध सहिता २०७४ को दफा २७६ बमोजिम झूठो विद्युतीय अभिलेख बनाएर किर्ते गरेको समेत आरोपमा कारवाहीको माग गरिएको पर्सा प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।

२०६३ सालमा जन्मको आधारमा नागरिकता लिएका गुटखा व्यापारी अग्रवाल पछिल्लो  समयमा जग्गाको कारोवारबाट नवधनाढय व्यापारीको रुपमा स्थापित भएको स्रोतले दाबी गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *