सशस्त्र प्रहरी गुल्म बिरगंजले नियन्त्रणमा लियो ३१ लाख बराबरको भन्सार छलीका सामान।

समाचार

रसीद आलम,बिरगंज ,९ असार।

सशस्त्र प्रहरी पर्साले रु.३१ लाख १८ हजार ९ सय ५० बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।

बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको मुल्य रु.३१ लाख १८ हजार ९ सय ५० बराबरको किराना सामान , कपडा,  एप्पलको एयर बडस, स्मार्टवाच तथा मोबाईलमा प्रयोग हुने बिभिन्न किसिमका समानहरु बरामद गरेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

बरामद समानहरुलाई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *