सर्वसाधारणलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने तथा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने आरोपमा ११ जना पक्राउ

समाचार

काठमाडौं, ७ पुस ।

सर्वसाधारणलाई दुख र हैरानी दिँदै सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ कलंकी क्षेत्रबाट ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२।०९।०७ गते बिहान करिब १०:३५ बजेको समयमा कलंकीस्थित सडक किनारामा हिँडिरहेका सर्वसाधारणलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने, नमानेमा अपशब्द प्रयोग गर्ने तथा डर–त्रास सिर्जना गर्ने गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच (५) दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार छः
१. तनहुँ जिल्ला, गोडादी म्याग्दी गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने वर्ष २९ का धन बहादुर सुनार
२. मकवानपुर जिल्ला, बागमती गाउँपालिका–२ घर भई हाल ऐ. बस्ने वर्ष ५० का सुकराम राई
३. रौतहट जिल्ला, फतुवा बिजयपुर नगरपालिका–११ घर भई हाल ऐ. बस्ने वर्ष ४८ का प्रभात कुमार भुजेल
४. सिन्धुली जिल्ला, हरिहरपुरगढी गाउँपालिका–७ घर भई हाल ऐ. बस्ने वर्ष ४२ का वाङ्छो दोर्जे बल
५. गोरखा जिल्ला, पालुङटार नगरपालिका–७ घर भई हाल ऐ. बस्ने वर्ष २० का सुदीप कुमाल
६. धादिङ जिल्ला, धुनिबेशी नगरपालिका–७ घर भई हाल ऐ. बस्ने वर्ष ५२ का बच्चु कार्की
७. काठमाडौं जिल्ला, तार्केश्वर नगरपालिका–६ घर भई हाल ऐ. बस्ने वर्ष २९ का गौरव ढकाल
८. स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका–६ घर भई हाल ऐ. बस्ने वर्ष २३ का आशिष गुरुङ
९. चितवन जिल्ला, खैरनी नगरपालिका–६ घर भई हाल ऐ. बस्ने वर्ष २४ का जेन लामा
१०. नुवाकोट जिल्ला, तार्केश्वर नगरपालिका–५ घर भई हाल ऐ. बस्ने वर्ष २५ का मुन्ना अछामी
११. धादिङ जिल्ला, सल्यानटार नगरपालिका–२ घर भई हाल ऐ. बस्ने वर्ष २२ का राज कुमार परियार

प्रहरीले सार्वजनिक शान्ति, सुरक्षा र मर्यादा कायम राख्न यस्ता गतिविधिविरुद्ध कडा निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *