दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि नगर्न मन्त्रालयको निर्देशन

समाचार

काठमाडौं, २ चैत । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरु संचालनको कार्यविधि छिटै जारी गर्ने तयारी भैरहेको जानकारी दिदै कार्यविधि जारी नहुन्जेल खेलकुद बाहेकका गतिबिधि संचालन नगर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको हो।

दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि संचालन गरेका कारण रंगशालाको अवस्था नाजुक बनेपछि नेपालले बहराइनविरुद्धको विश्वकप छनौटको खेल खेल्न सकेको थिएन। रंगशालाको अवस्था मापदण्ड अनुसार नभएको भन्दै बहराइनले खेल्न अस्वीकार गरेपछि सो खेल बहराइनमै हुने भएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *