अस्थायी प्रहरी पोष्ट ईनर्वाद्वारा लागु औषध सहित २ जना पक्राउ

समाचार

रसीद आलम,बिरगंज ,२७ साउन ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँले प्रतिबन्धित लागु औषध सहित एक जना पुरुष र एक जना महिला गरि दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बाराको कोल्बी न.पा.वडा नं.७ बस्ने वर्ष २१ को अनिल पौडेल र सोही बस्ने वर्ष २० को प्रेरणा पौडेल रहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाए।

साउन २५ गते बेलुका ३:३० बजेको समयमा पर्साको बिरगंज म.न.पा.वडा नं.१६ ईनर्वागाँउ स्थित सडकखण्डमा अस्थायी प्रहरी पोष्ट ईनर्वागाँउका प्रहरी सहायक निरीक्षक ( असई ) मुन्ना साहको कमान्डमा खटिएको चेकिङ टोलीले भारतको रक्सौलबाट नेपालतर्फ शंकाष्पदरूपमा पैदल आउँदै गरेका अनिल पौडेल र प्रेरणा पौडेललाई रोकी खानतलासी गर्दा  निजहरूले बोकेको कालो झोलाभित्र नाईट्राभेट -१० लेखिएको २९४ पिस ट्याब्लेट फेला परेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी भारतीले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *