रसीद आलम,बिरगंज ,२३ कार्तिक।
पर्सा क्षेत्र नं. १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–१६ इनरवामा कुस्ती प्रतियोगिताको उद्घाटन गर्नुभएको छ।
२०८१ कार्तिक २३ गते शुक्रबार महावीर मन्दिर ईनरवामा आयोजित यस विराट कुस्ती प्रतियोगिता वीरगञ्ज महानगरपालिका र इनरवा महावीर मन्दिर संरक्षक समाजको सहकार्यमा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा मन्त्री यादवले परम्परागत कुस्ती खेलको प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले कुस्ती खेलले साहस, संयम, र अनुशासनको भावना जागृत गराउने र आगामी पुस्तामा यस खेलप्रतिको लगाव बढाउने कुरा बताउनुभयो।
