रसीद आलम,पर्सा ,चैत १४।
गहु लोड रहेको पिकअपलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार Online VCTS तथा आवश्यक पर्ने कागजातहरू बिनाको गहु लोड रहेको पिकअप गाडी चितवनतर्फ जादैँ गरेको सूचना प्राप्त भई ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले चैत १३ गते ठोरी गाउँपालिका वडा नं. २ स्थित हुलाकी सडकखण्डबाट ना.५ ख ६३११ नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा Online VCTS विल तथा अन्य चाहिने आवश्यक कागजातहरू साथ नरहेको हुँदा सो गाडीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सो गाडीमा लोड रहेको ५० के.जी.को प्रतिबोरा जम्मा १८५ बोरा गरी जम्मा ९२५० के.जी. गहु रहेको प्रहरीले जनाएको छ ।
उक्त गहुँको रू.तिन लाख तेइस हजार सात सय पचास बराबरको मुल्यांकन गरि गहु तथा पिकअप गाडी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराएका छन् ।
