वीरगञ्जमा ५७ लाख बढीको औषधिसहित ट्रक नियन्त्रणमा

बिदेश राजनीति समाचार

वीरगञ्ज,१२ मंसिर ।

वीरगञ्जमा विशेष सूचनाका आधारमा ५७ लाख ७७ हजार ८०३ रुपैयाँ बराबरको औषधि तथा खुद्रा सामान लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार मिति २०८१ मंसिर १२ गते राति १२:१० बजे वीरगञ्ज महानगरपालिका–८, घण्टाघर चोकमा लु २ ख ५४६० नम्बरको मालबाहक ट्रकलाई रोकी जाँच गरिएको थियो। ट्रकमा विल विजकमा उल्लेख भएभन्दा बढी मात्रामा औषधि र खुद्रा सामान लोड गरिएको पाइएपछि ट्रक नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएको ट्रकमा रहेका औषधि र खुद्रा सामानहरूको अनुमानित मूल्य ५७ लाख ७७ हजार ८०३ रुपैयाँ रहेको प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।

अनुसन्धान तथा कानुनी कारबाहीका लागि ट्रक र सामानहरू राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *