पर्सा, मंसिर १७ ।सशस्त्र प्रहरी बल, पर्सा प्र.सी.सु.गुल्म वीरगंजबाट खटिएको टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार मेनगेट तथा विभिन्न स्थानहरूमा भन्सार छलि ल्याइएको रु. १५ लाख ७७ हजार १ सय ७५ बराबरको किराना सामान, मोटर पार्ट्स, कपडा, कस्मेटिक्स, चप्पल र सामान्य औषधि नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।
त्यसैगरी, सोही स्थानबाट बिआर ०५ ए वाई २९१५ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजान लागेको रु. २६ हजार ४ सय बराबरको मदिरा र रु. १, लाख ५० हजार मूल्याङ्कन गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ। बरामद सामानको कुल मूल्य रु. १७ लाख ५३ हजार ५ सय ७५ रहेको छ।
