बिरगंज, १७ मंसिर।
बिरगंज महानगरपालिका-१३ स्थित सरिसवा पुलमा भएको सवारी दुर्घटनामा पर्सा बहुदरामाई-९, बिश्रामपुर निवासी ४० वर्षीय जटाशंकर प्रसाद जयसवालको मृत्यु भएको छ।
मंसिर १६ गते राति करिब ९:३० बजे प्रदेश २-०३-००४प ५६१४ नम्बरको मोटरसाइकलमा सवार जयसवाललाई भारतीय ट्रकले ठक्कर दिएको थियो। दुर्घटनापश्चात ट्रक फरार भए पनि पर्सा प्रहरीले दुई वटा संदिग्ध भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार नियन्त्रणमा लिएका ट्रकमध्ये एक ट्यांकर र अर्को ट्रक रहेको छ।
प्रत्यक्षदर्शीका अनुसार ठक्करका कारण मृतकको शव टुक्राटुक्रा भएको थियो। जयसवालको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, बिरगंजमा राखिएको छ।
घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
