कुन्मिङमा इन्टरपोल नेटवर्क विषयक सेमिनारमा नेपाल प्रहरीको सहभागिता

बिदेश राजनीति समाचार

काठमाडौ ,१६ मंसिर ।

मिति २०८१ मंसिर १० गतेदेखि १४ गतेसम्म चीनको यूनान प्रान्तस्थित कुन्मिङमा आयोजित “Seminar on Cooperation via Interpol Network between China and South and South Asian Countries” कार्यक्रममा नेपाल प्रहरीको मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल सहभागी भएका छन्।

उक्त सेमिनारमा चीन, नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, ब्रुनाइ, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, मलेशिया, लाओस र इस्ट टिमोरसहित १३ देशका २६ विशिष्ट अधिकृतहरूको सहभागिता रहेको थियो।

पाँच दिनसम्म सञ्चालन भएको कार्यक्रममा दक्षिण र दक्षिणपूर्वी एशियाका राष्ट्रहरूमा अन्तर्देशीय अपराध रोक्न सूचना आदान-प्रदान गर्ने, अभियुक्तलाई सम्बन्धित देशमा फर्काउन समन्वय गर्ने तथा आपराधिक सञ्जाल तोड्न आवश्यक सहकार्यबारे छलफल गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *