नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको निर्वाचनमा श्याम बञ्जरा अध्यक्षमा निर्वाचित,पर्सा शाखामा ओमप्रकाश खनाल

बिदेश राजनीति समाचार

बिरगंज ,२९ मंसिर ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको निर्वाचन परिणाम सार्वजनिक भएको छ। प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट अध्यक्षका उम्मेदवार श्याम बञ्जरा विजयी भएका छन्। उनले ३१३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी अवधेश झालाई ६७ मतको अन्तरले पराजित गरेका छन्। झाले २४६ मत प्राप्त गरेका थिए।

महासचिव पदमा शैलेन्द्र महतो (क्रान्ति) विजयी भएका छन्। उनले प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, र प्रेस मञ्चलगायतका संगठनको साझा उम्मेदवारका रूपमा ३९० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी राजन सिंहले ३२१ मत पाएका छन्।

महिला उपाध्यक्षमा ज्योति झाले ३७१ मत ल्याउँदै विजय हासिल गरिन्। उनले प्रतिस्पर्धी हेम कुमारी (सुनिता) लाई १४० मतको अन्तरले पराजित गरिन्। सुनिताले २३१ मत प्राप्त गरेकी थिइन्।

सचिव पदमा प्रेस सेन्टरका दीपक गौतम निर्वाचित भए। उनले २६५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नवीन कुमार नवलले २५० मत पाएका थिए।

पर्सा शाखामा ओमप्रकाश खनाल नेतृत्वमा कार्यसमिति निर्वाचित

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको निर्वाचनमा वरिष्ठ पत्रकार ओमप्रकाश खनाल नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ। अध्यक्ष पदमा खनालले ८४ मत प्राप्त गर्दै नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार अनुप तिवारीलाई ९ मतले पराजित गरे।

उपाध्यक्ष पदमा भूषण यादव निर्वाचित भए। उनले ९० मत ल्याएर अली असगर देवानलाई ३० मतको अन्तरले पराजित गरे। महिला उपाध्यक्षमा निलिमा पौडेल ७९ मत ल्याएर २ मतको झिनो अन्तरले विजयी भइन्।

सचिव पदमा विजय चौहानले ६१ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी मनोज कुमार पटेललाई पराजित गरे। सहसचिव (खुला) मा अजय कुमार चौरसियाले ७७ मत पाउँदा उदय कुमार दास ७६ मतमा रोकिए। सहसचिव (समावेशी) मा एसके चौरसिया ६२ मतसहित विजयी भए।

कोषाध्यक्ष पदमा सञ्जीव कुमार मिश्रले ६५ मत प्राप्त गर्दै अमित कुमार साहलाई ३१ मतले पराजित गरे।

खुला सदस्यतर्फ राहुल गुप्ता, प्रमोद यादव, श्याम कुशवाह, र रितेन्द्र झा विजयी भए। महिला सदस्यतर्फ कमला भण्डारी, आदिवासी जनजाति सदस्यतर्फ अजित कुमार भुजेल, र मधेसी सदस्यतर्फ आरोहण साह निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूले पत्रकारिताको गुणस्तर सुधार, प्रेस स्वतन्त्रताको रक्षा, र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *