बारा प्रहरीले १० किलो गाँजा सहित ३ जना भारतीय नागरिक नियन्त्रणमा लियो

बिदेश राजनीति समाचार

बारा, २६ पुस ।

विशेष सूचनाका आधारमा प्रहरीले लागू औषध गाँजा सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्र.नि. सुरेश राज भट्टको नेतृत्वमा खटिएको टोलीले बारा जिल्लाको प्रसौनी गाउँपालिका-५ स्थित प्रष्‍टोका बाट बेलहियातर्फ आउँदै गरेको UP 32 BX 4726 नम्बरको भारतीय प्लेट भएको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा १० किलो गाँजा बरामद गरेको हो।

गाडीभित्र लुकाइ छिपाइ राखिएको गाँजासहित बोलेरो चालक धर्मेन्द्र गुप्ता (३८ वर्ष, कोशिनगर, उत्तर प्रदेश), चन्द्र भान कुशवाहा (४८ वर्ष, शिवान, उत्तर प्रदेश) र चन्द्रभान श्रीवास्तव (३२ वर्ष, लखनउ, उत्तर प्रदेश) लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गाँजा सेतो प्लास्टिकमा प्याक गरी २ पोका बनाइएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका तीनै जना भारतीय नागरिक तथा गाडीलाई आवश्यक कानूनी प्रक्रियाका लागि अघि बढाइएको प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *