लागू औषधसहित युवक पक्राउ

बिदेश राजनीति समाचार

पर्सा,२६ पुस ।सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगञ्जले लागूपदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

बीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय अगाडि रहेको चेक प्वाइन्टमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना निवासी २८ वर्षीय अनिल राईलाई कोडिन फस्फेट र ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड युक्त १०० मिलिलिटरको प्रतिबन्धित सिरपसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका राईसँग साइकलसमेत बरामद गरिएको छ। थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन उनलाई प्रहरी चौकी ईनर्वामा पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *