६ किलाे गाँजासहित मकवानपुरमा एक पक्राउ

बिदेश राजनीति समाचार

मकवानपुर, ९ माघ । लागु औषध गाजासहित एकजना पक्राउ परेका छन ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मनहरी गाउँपालिका–९ मगरटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्रामसहित सोही ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *