क्रिकेटर सन्दीप लामिछाने प्रहरीको फान्दामा।

समाचार

असोज २० काठमाडौ  रसीद आलम

क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
नाबालिग किशोरीको  बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक  महिनापछि नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने  अमेरिका हुँदै कतारको दाेहा ट्रान्जिट भएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले  सन्दीप लाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे । लामिछाने सँग अमेरिका‚ बेलायत‚ अस्ट्रेलिया र क्यनडाको भिसा थियो ।लामिछानेलाई प्रहरी परिसर गौशालामा राखिएको  जानकारी प्राप्त भएको छ।
एक किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोप २०७९ भदाै २१ मा काठमाडाैं प्रहरी वृत्त गाैशालामा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदाै ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदाै २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकोमा भदाै २३ मा काठमाडाैं जिल्ला अदालतले सन्दीप लाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।
प्रहरीको हिरासतमा रहेका सन्दिप लामिछाने देश बिदेशमा नेपालको नाम चिनाउने राष्ट्रिय खेलाडी हुन, सही रुपले अनुसन्धान होस यदि दोषी  छन भने कानुन बमोजिम कर्वाही होस यदी निर्दोष छन भन्ने छिटो भन्दा छिटो रिहाई होस हामी पर्सा युवाको  माग रहेको जानकारी एक भु.पु.क्रीकेट खेलाडीले दिएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *