पर्सा-भारत सिमानामा सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य सुरु

बिदेश राजनीति समाचार

बिरगंज ,९ माघ ।

आज १२:१५ बजे नेपालतर्फ पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१६ ईनरुवा र भारततर्फ पूर्वी चम्पारणको पन्टोका ग्राम-४ सुन्दरपुरमा रहेको सानो सीमा स्तम्भ नम्बर ३९१/६ को मर्मत तथा रंगरोगन कार्य सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सुरु गरिएको यस कार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका गणपति स.प्र.उ. राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, नापी विभागका प्रतिनिधि कपिल कटुवाल, जिल्ला प्रहरी कार्यालय, पर्साका प्र.ना.उ. सुवास भट्ट लगायत सशस्त्र प्रहरी बल गुल्म, पर्साका गुल्मपति स.प्र.ना.उ. लोकेन्द्र सुब्बा सहभागी भएका थिए।

भारततर्फबाट 47 BATTALION HEADQUARTERS PANTOKA E Company का AC उत्तम कुमार घोषसहितको टोलीको समेत सहभागिता रहेको यस कार्यक्रममा सानो सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य विधिवत रुपमा सुरु गरिएको हो।

सशस्त्र प्रहरी बलले पर्सा, बारा, सर्लाही र सिराहाका अन्य सीमा स्तम्भहरूको समेत मर्मत तथा रंगरोगन गरिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *