सरकार बिरोधी प्रदर्शन गर्ने तीनजना इजरायली प्रहरी नियन्त्रणमा

बिदेश समाचार

तेल अहिब, १९ कार्तिक । इजरायल प्रहरीले जेरुसेलममा सरकार विरोधी प्रदर्शनमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

इजरायली प्रहरीले शनिबार जेरुसेलममा सरकार विरोधी प्रदर्शनका क्रममा तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

 

अक्टोबर ७ मा हमासको आक्रमण रोक्न इजरायलको असफलताको विरोध गर्न सयौं मानिसहरू भेला भएका थिए, जसमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको सीएनएनले जनाएको छ ।

 

पुलिसले साझा गरेको भिडियोमा प्रदर्शनकारीहरूले ‘कफर अज्जामा तपाईँ कहाँ हुनुहुन्थ्यो ?’ भन्दै नारा लगाइरहेको सुन्न सकिन्छ।

 

आक्रमणबाट सबैभन्दा प्रभावित समुदाय मध्ये एकजनाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु महाभियोगको लागि तयार हुनु पर्ने जनाएका थिए । उनकाे तर्क थियाे, उनले देश र जनताकाे रक्षा गर्न सकेनन् ।

उता, हमासका बन्धनमा रहेका आफान्त र उनका परिवारजन पनि र्‍याली निकालेका छन् ।

 

अक्टोबर ७ मा हमासले बन्धक बनाएका सयौं परिवारका सदस्यहरूले सरकारको सैन्य मुख्यालय, तेल अहिब अगाडि र्‍याली निकालेका हुन ।

 

‘हमासको बन्धकमा परेकाहरुलाई तत्काल उद्धारका थप कारबाही गर्न माग गर्दै उनीहरुले सैन्य मुख्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

 

कार्यक्रम अघि जारी गरिएको एक विज्ञप्तिमा, आयोजकहरूले भने थिए, ‘यो सरकार विरोधी प्रदर्शन होइन। यो परिवार र समुदायको जुलुस हो, जसले बन्धकहरूलाई रिहा गर्न अझ धेरै काम गरेको हेर्न चाहन्छन ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *