बारा जिल्ला ट्राफिक प्रहरीद्वारा “महीनाको उत्कृष्ट ट्राफिक प्रहरी” सम्मान प्रदान

बिदेश राजनीति समाचार

बारा,१६ माघ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले २०८१ सालको पौष महिनाको “उत्कृष्ट ट्राफिक प्रहरी (Best Traffic Police of the Month)” सम्मान प्रदान गरेको छ।

प्रहरी निरीक्षक नीरु दुवालको नेतृत्वमा आयोजित कार्यक्रममा प्र.ब.ह. अनोज कुमार चौरसीया लाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको छ। ट्राफिक व्यवस्थापनमा अनुशासन, लगनशीलता, इमानदारीता, तथा जनचेतना अभिवृद्धि गर्दै दुर्घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पु-याएबापत उनलाई यो सम्मान दिइएको हो।

चौरसीयाले व्यवसायिक निष्ठाका साथ कार्यालयको निर्देशन पालना गर्दै ट्राफिक नियम सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेका थिए। साथै, सर्वसाधारणलाई गुनासो रहित सेवा प्रदान गरी प्रहरी संगठनको गरिमा अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो।

बारा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आगामी दिनहरूमा पनि ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *