इलाका प्रहरी कार्यालय ठोरीमा निरीक्षण तथा नीति निर्देशन कार्यक्रम सम्पन्न

बिदेश राजनीति समाचार

पर्सा,२७ माघ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले शनिबार इलाका प्रहरी कार्यालय ठोरीको निरीक्षण तथा नीति निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ। बिहान १०:०० बजे आयोजित कार्यक्रममा उहाँले ठोरी इलाका प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको थियो।

कार्यक्रममा शान्ति सुरक्षाको प्रभावकारी प्रहरी परिचालन, सिमावर्ती क्षेत्रका अपराध नियन्त्रण, आपराधिक गतिविधि निस्तेज गर्ने उपायहरू, सिमा नाकाबाट हुने अवैध भन्सार छलि, चोरी निकासी तथा पैठारी नियन्त्रणका विषयमा विशेष जोड दिइयो। साथै, फरार अपराधी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण लगायतका विषयमा प्रहरी अधिकारीहरूलाई महत्वपूर्ण नीति निर्देशन प्रदान गरिएको थियो।

यस निरीक्षण तथा अन्तरक्रियाले ठोरी क्षेत्रको सुरक्षालाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *